अजिरकाेट । गोरखा जिल्लाकाे अजिरकोट गाउँपालिका ४ मुच्चोक बस्ने वर्ष ६२ की लक्ष्मी दवाडीकाे काेराेना सङक्रमणका कारण आज निधन भएकाे छ ।
जेठ २२ गते बिरामी भइ प्राथमिक स्वास्थ्य चौकी जौबारीमा एन्टिजेन बिधिबाट परिक्षण गर्दा कोरोना पोजेटिब आएको र थप उपचारको लागि गाेरखा जिल्ला अस्पताल ल्याई सामान्य उपचार गरी २३ गते घर लगेकाेमा आज दिउँसाे ४ बजे उनकाे निधन भएकाे परिवार स्राेतले जनाएकाे छ ।
उनकाे आजै दराैँदी नदि किनारमा दाहसँस्कार भएकाे छ ।






