राजेन्द्र बैसाल का मन छुने गजल

शुक्रबार, जेष्ठ २८, २०७८
0
252

मेरो भागमा किन होला खुसि आउन नसकेको
एक म हुँ एक मेरो देश हो मुस्कुराउन नसकेको

दु:ख दिन्छौ भन्ने थाह थियो प्यारको बदलामा
मैले मात्रै हो तिम्रो मनलाई दुखाउन, नसकेको

हर दिन बाआमाको मन जलाउने छोराले पनि
एक चिता मात्रै हो मरेपछि जलाउन नसकेको

नौ महिना सन्तानलाई कोखमा राख्ने आमाले
बहुत पीडा सहँनु पर्छ फेरी बचाउन नसकेको

खाडी पुगे खाडीमा सधैँ दु:ख सँगै रमाउछु
मलाई, पछुतो छ मेरै देशमा रमाउन नसकेको
राजेन्द्र बैसाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here