शहिदलखन गाउँपालिका, गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले पालिका र वडा तहबाट सिफारिस गर्नुपर्ने विभिन्न प्रकारका सिफारिसहरु मध्य विपन्न, विरामी र विपदका सिफारिस दस्तुर नलिने भएकाे छ । सँघीय सरकारले विभिन्न प्रकारका सिफारिसका लागि दस्तुर ताेकेर पठाएकाे छ । तिनवटा ‘वि’ काे हकमा कुनै दस्तुर नलिने निर्णय राजश्व परामर्श समितिकाे बैठकले गरेकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए ।
सँघीय सरकारले सम्बन्ध विच्छेदकाे सिफारिस दस्तुर रु १०० बाट रु २००, नक्कल प्रमाणित दस्तुर रु १०० बाट रु ५००, घटना दर्ता दस्तुर रु १०० बाट २००, जन्म, मृत्यु विवाह बसाइ सरी आउने ,बसाइ सरी जाने सिफारीस दस्तुर रु ५० बाट २०० बनाएकाे छ ।
पालिकाले यस अघि व्यवहारिकताका आधारमा नलिने गरेकाे भएपनि यसलाइ निर्णय नै गरेर जाँदा सजिलाे हुने भएकाले निर्णय गरिएकाे समितिका एक सदस्यले जानकारी दिए ।






