गाेरखा । जिल्लाकाे पालुङ्टार नगरपालिका वडा नम्बर ८ का किसान रामकुमार श्रेष्ठले आफ्नाे बगैँचाकाे लिचि १० लाख रुपैयाँमा विक्रि गरेका छन्
ठेकदारले मूल्य गरेर म तपाइँकाकाे लिचिका लागि १० लाख दिन्छु भन्नुभयाे मैले दिएँ । टिप्नु अघि सम्म मूल्य भुक्तानी गर्ने सहमति भएकाे उनले बताए ।
२०५५ सालदेखि लिचि खेती गर्दै आएका श्रेष्ठलाइ सुरुमा गाउँलेहरुले बुद्धि विगार्याे भन्ने गरेकाे उनि सम्झन्छन । डुम्रे बजारमा भएकाे व्यापार छाडेर खेतीका लागि आउँदा गाउँलेहरुले आफूलाइ गलत बाटाेमा हिडेकाे बताए पनि अहिले खेतीबाट सन्तुष्ट रहेकाे उनले बताए ।






