शर्मिला श्रेष्ठ को मनछुने गजल

आइतवार, असार ६, २०७८
0
313

जीवनभर ऐना पुछिरहे दाग मुखमा रहेछ
निश्चिन्त रही भरोसा गर्नु पर्ने मयुखमा रहेछ।

च्यातिन्छ स्वाभिमान पारदर्शी आवरण को होडमा
पाइने त मान मर्यादा आफ्नै देशको बुखमा रहेछ।

संरक्षण बिना जथाभाबी काटी कमाएको नतिजा
बल्ल बुझे जीवनरक्षाको तागत रुखमा रहेछ।

बचाउँनुपर्छ सांस्कृतिक वाद्यवादन सबै हाम्रो
राष्ट्रको ऐतिहासिक पहिचान लगुखमा रहेछ।

प्रकृति रिसाइन् ढाड भाच्चियो स्वार्थपूर्ति कारणले
बुझेनन् प्रतिफल आफ्नाकै भविष्य दु:खमा रहेछ।

शर्मिला श्रेष्ठ,
ललितपुर
हाल अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here