पोखरा । नेपाली कांग्रेस जनता समाजवादी पार्टीलाई गण्डकी प्रदेश सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिन सहमत भएको छ । जसपासंग कांग्रेसले गरेको दुई बुँदे सहमतीमा अर्थसहित दुई मन्त्रालय दिने विषयमा सहमती भएको हो ।
स्रोतका अनुसार असार ४ गते नै कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र जसपा संसदीय दलका नेता तथा प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यबीच सहमति भएको हो ।
दुई दलबीच गण्डकी प्रदेशका राजनीतिक नियुक्तीमा गठबन्धन सरकारको भावनाको सम्बोधन हुने विषयमा समेत सहमती जुटेको छ ।अघिल्लो सरकार ढलाउन गठबन्धन बनाएका कांग्रेस र माओवादी , जसपाबीच अझै मन्त्रालयको बाँडफाँड हुन सकेको छैन
नेपाल कम्युनिष्ट पार्टी माआेवादी केन्द्र भाैतिक पुर्वाधार, कृषि सहित चार मन्त्रालय पाउने भएकाे छ । मुख्य मन्त्री सहित काँग्रेसबाट चार , माअाेवादी केन्द्रबाट ४, जसपाबाट ४ र स्वतन्त्र १ गरी मन्त्रालय बाँडफाँड भएकाे हाे । आज बस्ने क्याविनेट बैठकले मन्त्रालयकाे टुँगाे लाग्न सक्ने एक मन्त्रीले जानकारी दिए ।





