गाेरखाकाे नगरपालिकाकाे बजेट एक अर्व ५ कराेड

बिहिबार, असार १०, २०७८
0
131

गाेरखा । गाेरखा नगरपालिका गाेरखाकाे आर्थिक वर्ष ०७८।०७९ का नीति तथा कार्यक्रम पारीत भएकाे छ । नीति तथा कार्यक्रम अनुसार कूल एक अर्व  पाँच कराेड एक लाख बाइसहजार ७३५ रुपैयाँ बजेट विनियाेजन भएकाे छ ।

नगरपालिकाकाे आज भएकाे आठाैँ नगरसभाबाट नीति तथा कार्यक्रम स्विकृत भएकाे हाे । गाेरखा नगर समृद्धिकाे आधार, पर्यटन कृषि र पूर्वाधार नारा सहित भएकाे कार्यक्रममा धामिक एवँ एेतिहासिक पर्यटन,व्यावसायिक कृषि, गुणस्तरीय शिक्षा, स्थानीय स्राेत, साधनकाे उच्चतम उपयाेगमा जाेड दिदैँ दिगाे विकासकाे अवधारणा अनुरुप समतामूलक समाज तथा समृद्ध नगर निर्माण गर्ने लक्ष्य लिएकाे सभामा बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here