दलित साेलिडारीटी फ्रन्ट इन्टरनेश्नल नेपालले जातिय विभेद भएकाे भन्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझायाे

बिहिबार, असार १०, २०७८
0
273

गाेरखा । दलित साेलिडारीटी फ्रन्ट इन्टरनेश्नल नेपालले सबै दलितहरुकाे आत्म सम्मानमा चाेट पुगेकाे भन्दै आज गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएकाे छ ।

सञ्चारकर्मी रुपा सुनारले काेठा खाेज्ने क्रममा सबै कुरा मिलेकाे र भने जस्ताे काेठा पाएकाे भएपनि आफ्नाे जात कामी हाे भने लगतै घरवालाले तल्लाे जातीलाइ काेठा नदिने बताएकाे र सुनारले आफू माथि जातिय विभेद भएकाे भन्दै प्रहरीमा उजूरी गरेकी थिइन ।

सँस्थाका जिल्ला सँयाेजक राजेन्द्र सिर्मल, इन्टरनेश्नल प्रतिनिधि सुरेश अच्छामी, जिल्ला सदस्य मिलन सुनारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा दाेषीलाइ कारवाही गरी पिडितलाइ न्याय दिन माग गरिएकाे छ ।

विश्वमा महिला र पुरुष दुइ जात रहेपनि कामकाे आधारमा अझै पनि कतिपय समाजमा ठूला र साना जति भन्ने चलन हट्न सकेकाे छैन । ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेललाइ बुझाएका हुन् । पाैडेलले आफूले प्रधानमन्त्री कार्यालयमा तूरन्तै पठाइदिने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here