गाेरखाकाे धार्चे गाउँपालिकाकाे काम अव धादिङकाे त्रिपुरासुन्दरिबाट

सोमवार, असार १४, २०७८
0
391

असार १४, गाेरखा। सिंगो गाउँपालिका नै बिद्युत र इन्टरनेट बिहिन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिका संग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न सुरु गरेको छ । जिल्लाको धार्चे गाउँपालिकाले बिद्युत इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सेवा प्रवाह सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।

असार लागेसंगै परेका लगातारको बर्षाका कारण आएको बाढी पहिरोले बिद्युतको पोल ढलेकाले पालिकाको कार्यालय रहेको माछाखोलामा लामो समयसम्म बिद्युत सेवा अबरुद्ध भएको छ । बिद्युत सेवा र इन्टरनेट नहुदा सेवाग्राहीलाई सेवा दिन अफट्यारो भइरहेको छ, उहाँले भन्नुभयो, आर्थिक बर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाहरुको भुक्तानी गर्न समेत समस्या भएको छ । जेठको अन्तिम सातादेखि अबरुद्ध भएको बिद्युत सूचारु हुने अबस्था नभएपछि गाउँपालिकाले कार्यालयले अस्थायी रुपमा स्थापना गरेर सञ्चालन गर्न बाध्य भएको अध्यक्ष गुरुङले बताए ।

‘कामको चाङ छ,केही गर्न नै पाईएको छैन, आइतबारदेखि पालिका कार्यालयका झिटी गुन्टा लिएर धादिडको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापन गरि काम थालेका छौ’ पालिकाका उप प्रमुख फुलमायाँ गुरुङले भनिन, माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थाई रुपमा कार्यालय स्थापना गरि सेवाग्राहीलाई सेवा दिनुपर्छ भनेर अस्थायी कार्यालय सञ्चालनमा ल्याइएको हो ।

असार लागेसगै परेको अबिरल बर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछीखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाईनको बिद्युतको पोल गाडिएको दर्जनौ स्थानमा पोल ढलेका कारण बिद्युत सूचारु गर्न समस्या भएको हो । अबरुद्ध बिद्युत तत्कालै बन्न सक्ने अवस्था नभएको सल्यानटार बिद्युत प्रशारण केन्द्रले जनाएको छ ।

बुढी गण्डकी नदीको बगरबाट माछाखोलासम्म पुरयाइएको बिद्युतको हाइटेन्सन लाइन बाढी आएका कारण नदीको बिच भागमा पुगेको छ, गाउँपालिका अध्यक्ष गुरुङले भने, केही भिरालो स्थानका पोलहरु पहिरोले कामै नलाग्ने गरी बिग्रीएको छ । उहाँले माछीखोलामा बिद्युत र ईन्टरनेट सुचारु हुनासाथ त्यहीबाट कार्यालय संञ्चालन गरिने जानकारी दिए

अथक प्रयास पछि सेनाले सुचारु गरेको सडक हिजो राती पहिरो आउदा आरुघाटबाट माछीखोला जाने बाटोमा दर्जन भन्दा बढी स्थानमा पहिरोले अवरुद्व बनाएका कारण मान्बु हुदै काशिगाउँ भएर मात्र माछीखोला पुग्नु पर्ने बाध्यता रहेको उनीहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here