ह्रदयघातबाट वडा अध्यक्षकाे मृत्यु

मङ्लबार, असार २२, २०७८
0
256

असार २२, लमजुङ । हृदयघातका कारण आज एक वडाका वडाध्यक्षको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका ५ थोंचेका वडाध्यक्ष ५० बर्षिय छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन आज भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

बिहान बेँसीसहरस्थित होटलमा हृदयघात भएपछि पुनेललाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ पुर्याइएको थियो । उहाँको उपचारका क्रममा करिब मध्यान्ह्र १२ बजे मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।

स्वर्गिय पुनेल नासों गाउँपालिका प्रवक्ता समेत रहेका थिए । उनी नेपाली काग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । मृतक पुनेलका आमा, श्रीमती र ५ छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here