उत्तरी गाेरखामा खाद्यन्न अभाव,आश्रम खाेज्दै गाउँलेहरु तल झर्न थाले

मङ्लबार, असार २२, २०७८
0
290

गाेरखा । जिल्लाकाे उत्तरी क्षेत्र चुमनुब्री र धार्चेमा खाद्यन्न अभाव भएकाे छ । वर्षभरी गरेकाे खेतीले तिन महिना मात्र पुग्ने यस क्षेत्रमा पछिल्लाे समय वर्षातका कारण बाटाे विग्रिएपछि एक महिना देखि खाद्यन्न ढुवानी हुन सकेकाे छैन।

गाउँपालिकाकाे प्रशासनिक केन्द्र नै अन्यत्र सारेर काम गरिररहेका यस क्षेत्रका नागरिकहरु जाेखिम माेलेर आउजाउ गरिरहेका छन् । सिञ्चाइ डिभिजन कार्यालय गाेरखाले उपलब्ध गराएका १०० थान जाली प्रयाेग गरेर बाटाे खुलाउने प्रयास भइरहे पनि बाटाे खुल्न सकेकाे छैन । गाउँलेहरु जलविद्युत परियाेजनामा काम गरिरहेका कारण जाली भर्नका लागि कामदार समेत नपाएकाे स्थानीयले बताएका छन् ।   बुढी गण्डकी नदिमा पानीकाे वहाव नघटेका कारण बाटाे कहिले खुल्छ अझै केहि भन्न नसकिने वडा नम्बर ३ चुमनुब्रीका वडा अध्यक्ष रामकुमार गुरुङले बताए  ।

उत्तरी गाेरखाकाे सामागाउँ, साम्दाेमा खाद्यन्न मनाङ जिल्लाकाे धारापानी, चीनकाे रुइला नाकाबाट ल्याउँदा सस्ताे र सजिलाे पर्दथ्याे । बाढी र पहिराेका कारण मनाङबाट समान ल्याउन सकिने अवस्था नभएकाे वडा सदस्य समेत रहेका साम्दाकाे निमा लामाले बताए । काेराेना सङक्रमणका कारण चीनले नाका बन्द गरेकाे छ । सिमा खुला भए त विहान गएर बेलुका समान लिएर आउन सकिन्थ्याे , पारी जान नपाएपछि थप समस्या भएकाे उनले बताए । साधारण समयमा गाेरखाबाट आउने एक केजी समानकाे भाडा मात्रै एकसय १६ रुपैयाँ पर्थ्याे अहिले त समान आउँदैन उनले भने ।

यहाँ एक पाेका नुन १४० रुपैयाँमा विक्रि भइरहेकाे छ । त्याे पनि अव थाेरै मात्र बाँकी छ गाउँकाे पसलमा । स्थानीय छिरिङ लामाका अनुसार तलबाट कहिलेकाँही आउने हेलिलाइ नुन तेल ल्याउन लगाएका छाैँ र आवश्यकता टरेकाे छ ।  नेपाली सेनाले जिम्मा लिएर खनिरहेकाे सडक हिउँदकाे समयमा ताताेपानी सम्म सवारि पुग्ने गरेपनि वर्षातकाे समयमा भने आरुघाट देखि नै समस्या रहँदै आएकाे छ ।

चुमनुब्रीकाे सामा,साम्दाे, विहि, प्राेक, ल्हाे, लि, क्वाक,छाक, चुम, धार्चेकाे उहिया, केराैँजा, गुम्दा, लाप्राक लगायतका स्थानमा यतिबेला खाद्यन्न सङ्कट परेकाे हाे ।

गाउँमा अल्लाेघर र पल्लाेघर पैँचाे चामल माग्न हिड्नेहरु धेरै भैसके । अव यहाँ खानेकुरा सबै सकियाे ,कसलाइ भन्ने खच्चड चलेकाे भए सामान आउथ्याे, बाटाे नभएर चल्न सकेन वडा नम्बर १ का वडा अध्यक्ष विर बहादुर लामाले भने ।

गाउँपालिकाले  ५०० बाेरा अर्थात कम्तिमा पनि १५० क्विन्टल चामल र नुन तत्काल ढुवानी गरिदिन जिल्ला प्रशासन कार्यालय गाेरखालाइ अनुराेध गरेकाे छ । जिल्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केन्द्रीय कार्यालयलाइ जिल्लाकाे चुमनुब्री गाउँपालिकामा खाद्यन्न माग भएकाे  कुरा जानकारी गराएकाे कम्पनीका जिल्ला प्रमुख नविन बस्नेतले जानकारी दिए ।

अनुदानमा खाद्यन्न दिन माग 

काेराेना भाइरस सङक्रमणका लागि गाउँलेहरुले कुनै पनि आम्दानी हुने काम गर्न नपाएका कारण किनेर खाने पैसा समेत नभएकाेले खाद्यन्न अनुदानमा उपलब्ध गराउन गाउँलेहरुले माग गरेका छन् । हुने खानेले पाे किनेर खान्छन् हामीले कहाँबाट ल्याउनु पैसा ? प्राेकका स्थानीय धन बहादुर गुरुङले भने ।

हेलिकप्टरबाट पुर्याए गाउँलेहरुले पाउँछन खाद्यन्न

सम्बन्धित गाउँमा हेलिकप्टरबाट खाद्यन्न  पुर्याएर दिन सके त्यहाँका नागरिकहरुले  खान पाउँछन् अन्यथा कसरी बाँच्छन् भन्ने कुरा अन्याैल मै रहेकाे वडा नम्बर ४  का वडा अध्यक्ष पेमा डुण्डुप लामा बताउँछन् । यस्ताे सङ्कटका  समयमा पनि सेवा दिन सक्ने सरकारले गम्भीर रुप नलिनु दुख लागेकाे उनले बताए ।

ठेक्काकाे चामल डिपाेमा पुगेन 

समयमै ठेक्का प्रक्रिय अगाडि नबडाउँदा डिपाेमा पुग्नुपर्ने चामल वीच बाटाेमा रहेकाे छ । जिल्लाकाे माछाखाेलामा ५०० क्विन्टल चामल बाटाेका कारण थन्किएकाे ठेकदार धन बहादुर गुरुङले बताए । बाटाे भए ढुवानी गर्ने हाे बाटाे छैन कसरी लैजानु ? उनले भने । सिर्दिवास स्थित फिलिम डिपाेमा भएकाे ३०० क्विन्टल चामल खपत भइसकेकाे स्थानीयले जानकारी दिएका छन् ।अव पैसा भएर पनि किन्न जाने ठाउँ छैन ।

आश्रम खाेज्दै गाउँलेहरु तल झर्न थाले

गाउँमा बाढी पहिराेले घर बगाएपछि र खाद्यन्न अभाव भएपछि गाउँलेहरु धमाधम जिल्ला सदरमुकाम र काठमाण्डाै तर्फ आफन्तमा आश्रम खाेज्दै हिड्न थालेका छन स्थानीय क्याप्टेन गुरुङले भने । न बस्ने घर न खाने कुरा के गर्ने बस्ने गाउँमा भन्दै धेरै मानिसहरु झरेकाे उनले बताए ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here