गाेरखा । जिल्लाकाे लोक्पा पहिरोमा १६ वटा खच्चड पुरिएको प्रहरीले बताएकाे छ । । मंगलवार चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका ६ स्थित डुयु खोलामा पाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको सिर्दिबास प्रहरीकाे सूचना अनुसार जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
छेकम्पारमा सामग्री पुर्याएर सिर्दिबास तर्फ ल्याउने क्रममा खच्चड पुरिएको र मानविय क्षती नभएकाे प्रहरीकाे भनाइ छ ।






