पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्ने

बिहिबार, भदौ ३, २०७८
0
452

काठमाण्डौ । बामपन्थी एकताको चर्चा चलिरहेका बेला आज कम्युनिष्ट नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र डा बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

समाजवादी केन्द्रले नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा तिनै नेताहरुले सम्बोधन गर्न लागेका हुन् ।

बिहान ११: ३० बजेदेखि दिउँसो २: ३० बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यक्रम हुन लागेको हो। उक्त अन्तरक्रिया कार्यक्रममा वामदेव क्षेत्री (घिमिरे) द्वारा लिखित ‘कृषि र समाजवाद’ नामक पुस्तक पनि विमोचन हुने कार्यक्रम पनि रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here