गाेरखा । सँविधान दिवसकाे अवसर पारेर गाेरखा जिल्ला कारागारमा रहेका असल चालचलन भएका चार जना बन्दीहरु रिहा भएका छन् ।
बहुबिबाह मुद्धामा सजाए पाएका गोरखा नगरपालिका १४ का राजेन्द्र परियार ,पालुङटार ७ का बिष्णुबहादुर कुमाल ,चुमनुब्री गाउँपालिका ६ का नाङ्क्पाडुण्डुप लामा ,मकवानपुरका सुमन थापा मगरलाई आज रिहा गरेकाे हाे ।
नेपाल सरकारले जवरजस्ती करणी, मानव बेचबिखन, राजस्व चुवावट, लागु औषध बाहेकका मुद्धामा लामो समय समय कैद भुक्तान गरेकालाई संविधान दिबसको अवसरमा माफी दिने गरेको कारागार प्रमुख गणेशप्रसाद भट्टराईले बताए । गोरखा कारागारमा छ जना महिला सहित १०१ जना बन्दीहरु रहेकाछन् ।






