४७ थान गाेलिया सालकाे काठ प्रहरी नियन्त्रणमा

बिहिबार, असाेज ७, २०७८
0
184
बरामद भएकाे सालकाे काठ र ट्याक्टर सहित प्रहरी कार्यालय परिसर गाेरखामा ।

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर ३ स्थित गँगटेपाखा बनबाट ४७ थान सालको गोलिया काठ र  ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

ग १ त ६८९५ नं. को ट्रयाक्टरमा लोड गरि राखिएको ४७ थान सालको काठ नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्रममा काठ काट्न प्रयोग भएको बन हतियार ४ थान बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

काठ लाेड गरिररहेका अवस्थामा प्रहरी देखेपछि साे क्षेत्रका स्थानीय नागरिकहरु भागेका थिए । जिल्ला वन कार्यालयले सालकाे काठ काट्न निषेध गरेकाे छ । सामुदायिक वनमा सालकाे काठ काट्न अनुमति नदिएकाे दुइ वर्ष पुगिसकेकाे छ । स्थानीय नागरिकहरुले अत्यावश्यक कामका लागि आफ्नै नीजि जग्गाकाे साल कटान गर्दा समेत तस्करकाे  उपाधि प्राप्त गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here