आँवुखैरेनी काँग्रेसमा सभापति र उपसभापति पदका लागि निर्वाचन सुरु

शनिबार, असाेज ९, २०७८
0
131

असोज,आँबुखैरेनी । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत तनहुँको आँबुखैरेनी पालिका कमिटिको अधिवेशनमा सभापति र उपसभापति पदमा निर्वाचन भएको छ। सभापति पदमा २ जना र उपसभापति पदमा ४ जनाको उम्मेद्वारी परेपछि निर्वाचन भएको हो।

माई छिम्केश्वरी पार्टी प्यालेसमा भैरहेको अधिवेशनमा अहिले मतदाताहरुले मत हाल्ने क्रम चलिरहेको छ। कुल १ सय ४ जना मतदाता रहेको आँबुखैरेनीको सभापतिमा विष्णु बहादुर पन्थ र पित्तम बहादुर गुरुङ बिच प्रतिस्पर्धा भैरहेको छ।

यस्तै उपसभापति पदमा कर्ण बहादुर गुरुङ, शालिग्राम अधिकारी, केशर बहादुर के.सी. र विजय गुरुङको उम्मेद्वारी परेको छ। पार्टीको अन्य पदाधिकारीमा भने सर्वसम्मत भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here