गाेरखा । नेपाली काँग्रेसकाे १४ अाैँ महाधिवेशनबाट , बारपाक सुलीकोट गाउँ कार्यसमितिको सभापतिमा जीतबहादुर घले विजयी भएका छन् । कूल १३० सदर रहेकोमध्य घलेले ८९ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए ।
भीमसेन थापा गाउँपालिका अध्यक्षमा नारायण भट्टराइ निर्वाचित भएका छन् । उनले लक्ष्मण नराललाइ हराएका हुन् ।







