वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रले गर्याे शुभकामना आदानप्रदान

सोमवार, असाेज २५, २०७८
0
312

गोरखा । नेकपा माओवादी केन्द्र गोरखा नगरपालिका वडा नम्बर ७ ले बडादशै, दिपावली तथा छठपर्वको अवसरमा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा स्थित डण्डीडाँडामा आयोजना भएको कार्यक्रममा माओवादी केन्द्र गोरखा नगरपालिकाका सचिव गोर्बद्धन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरपार्टी सचिव श्रेष्ठले पार्टी थप बलियो बनाउन वडास्तरका संगठनलाई सुदृढ गर्नुपर्नेमा कुरामा जोड दिए। उनले पार्टी केन्द्रले निर्धारण गरेको समयभित्र वडा भित्र संक्रिय सदस्यताको बिबरण तयार पार्न पनि सवैलाई निर्देशन दिएका छन् । वडापार्टी अध्यक्ष बिष्णु श्रेष्ठको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here