माओवादी केन्द्रले निर्वाचनबाट ९४ वटा वडामा समिति निर्माण गर्ने

बुधबार, मंसिर १, २०७८
0
156

गोरखा  । नेकपा माओवदी केन्द्र गोरखाले जिल्ला भित्रका ९४ वटै वडामा मंसिर ४ गते तथा ११ वटै स्थानीय तहमा मंसिर ११ गते अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र गोरखाको आज बसेको जिल्ला समन्वय समितिको बैठकले पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्ला भित्रका वडा र पालिकाहरुमा अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको संयोजक लेखबहादुर थापाले जानकारी दिए ।

अधिवेशनले वडामा २९ सदस्सीय समिति गठन गर्नेछ भने नगरपालिकामा ६५ सदस्यिय र गाउँपालिकामा ५५ सदस्यिय समिति गठन हुने उनले बताए। माओबादी केन्द्रले यो पटकदेखि विधानमा एक व्यक्ति एक पदको व्यवस्था गरेको छ भने जिल्ला समन्वय समितिका सवैलाई जुन गाउँपालिकामा घर ठेगाना रहेको छ, त्यही पालिकाको आयोजक समितिमा रहने व्यवस्था गरेको संयोजक थापामगरले जानकारी दिए ।

पार्टी संगठनलाई व्यवस्थित बनाउन वैधानिक ढंगबाट समितिहरु गठन गर्न निर्वाचनको तयारी थालिएको उनको भनाई छ । ‘जिल्ला भित्र पार्टी सदस्यता नविकरण यही मंसीर २ गतेभित्र गरिसक्नु पर्नेछ, संयोजक थापामगरले भने, ‘पार्टी सदस्यता मात्र जिल्लामा २३ हजार ५०१ पुरयाउने गरि काम भइरहेको छ ।’ माओवादीले यस  वडा भित्रका टोलमा सेल कमिटी निर्माण गर्ने र हरेक सेलमा सेक्रेटरीले नेतृत्व गर्ने व्यवस्था गरेको उनले बताए ।

एउटा टोलमा ३ वटा सेल निर्माण हुन्छ, संयोजक थापाले भने,‘सेल कमिटी पनि १९ सदस्य हुने व्यवस्था विधानले गरेको छ ।’ बैठकले पालुङटार नगरपालिकाको सह–इन्चार्जमा भुवन सुनारलाई जिम्मेवारी दिने निर्णय समेत गरेको उनले बताए । त्यसै गरी ध्रुव कुमार भट्टकाे जिम्मेवारी गाेरखा नगरपालिकामा रहने वैठकले निर्णय गरेकाे छ ।

वडा तह सम्मै निर्वाचन

मँसिर ४ गते जिल्लाका ९४ वडामा समिति गठन गर्न लागेकाे माओवादी केन्द्रकाे वडा अध्यक्षका लागि प्रतिष्पर्धिहरुकाे सँख्या बढ्न थालेकाे छ । आफू वडा अध्यक्ष हुने भन्दै वडा तहमा रहेर काम गर्नेहरुले प्रचार गर्न थालेका छन् । वडा तहमा निर्वाचनबाट समिति छनाैट भए पालिका तहमा झनै निर्वाचन हुने सम्भावना बढ्ने विद्यार्थि सँङ्गठनका  केन्द्रिय सदस्यकाे भनाइ छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here