किसान, मजदुर, गरिव वर्गले आर्थिक अभावमा चुनावमा प्रतिष्पर्धा गर्न सक्तैनन् : जसपा अध्यक्ष यादव

मङ्लबार, बैशाख ६, २०७९
0
167

बैशाख ६, गोरखा । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारीणी समितिका अध्यक्ष उपेन्द्र यादवले नेपालको चुनाव महंगो हुँदै गएकोले किसान, मजदुर, गरिव वर्गले आर्थिक अभावमा चुनावमा प्रतिष्पर्धा गर्न नसक्ने  बताए । सँसदीय व्यवस्था प्रणालीका कारण चुनाव महङ्गाे हुन थालेकाे उनकाे भनाइ छ ।  जनता समाजवादी पार्टी गोरखाले  आज सदरमुकाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

अवकाे निर्वाचन प्रणाली उमेद्वारले खर्च गर्नु नपर्ने समावेशी चरित्रको समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने उनकाे भनाइ छ ।

अहिलेको संविधान अधुरो, अपूरो र त्रुटिपुणर् रहेकाले यसलाई संसोधन गर्नुपर्ने  र याे व्यवस्था दिगाे नरहने उनले बताए ।  शासकीय स्वरुप, संसदीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणाली परिवर्तन गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here