गाेरखा । नेपाल पत्रकार महासँघ केन्द्र र महासँघ गाेरखा शाखाकाे आयाेजनामा स्थानीय निर्वाचन २०७९ का लागि निर्वाचन आचार सँहिता बारे अन्तर्किया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । आचार सहिता सबैले पालना गर्नुपर्ने सहभागिहरुले बताएका छन् ।
निष्पक्ष समाचार लेखेर समाजलाइ सत्य कुराकाे जानकारी दिन महासँघका केन्द्रिय अध्यक्ष विपुल पाेखरेलले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय गाेरखाकाे सभाहलमा भएकाे कार्यक्रममा मूख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश दिनबन्धु बरालले गाेरखाका संचार माध्यमले अहिले सम्म आचार सँहिता पालना गरेकाे बताए । महासँघका केन्द्रिय काेषाध्यक्ष कलेन्द्र सेजुवाल, गण्डकी प्रदेश सचिव कैलाशबाबु श्रेष्ठ, महासँघ गाेरखा पूर्व अध्यक्ष भीमलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शँकरहरी आचार्य लगायतले आचार सँहितालाइ ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रम नेपाल पत्रकार महासँघ गाेरखा शाखाका अध्यक्ष नरहरी सापकाेटाकाे अध्यक्षतामा भएकाे थियाे ।






