आँबुखैरेनी, तनहुँ । नेकपा माओवादी केन्द्रबाट गाँउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका शुक्र चुमानले आक्रमक चुनावी प्रचार अभियान सुरु गरेका छन् ।
चुमानले आँबुखैरेनी गाँउपालिका वडा नंं ५ बाट प्रचार अभियान सुरु गरेका हुन् । चुमानको नेतृत्वले वडा नं. ५ को भुकुन्दे,खोलागाँउ, फोक्सिङ लगायतको क्षेत्रको आफ्नो प्रचार अभियान शुरु गरेका हुन् ।
आँबु खैरेनी गाँउपालिकामा उपाध्यक्षमा दुर्गा आर्याल उम्मेदवार रहेकी छन् । गाँउपालिकाको बिभिन्न भागमा उम्मेदवारहरुले घरदैलो कार्यक्रम रहेको उनले जनाएको छन्। समग्र आँबुखैरेनी गाँउपालिकाको विकासको लागि आफुले उम्मेदवारी दिएको चुमानले बताएका छन् ।
युवा नेता रहेका कारण चुमानकाे पक्षमा व्यापक जनलहर बढेकाे छ । युवाले जिते समग्र आँवुखैरेनी गाउँपालिकाकाे विकास हुने र पालिकामा रहेका सबैलाइ समान व्यवहार हुने भएकाले गाेप्य मतदान गर्ने अधिकार आफूसँग रहेकाे मतदाताहरुले बताउने गरेका छन् ।
विगताकाे पाँच वर्षमा पालिकाकाे विकास कार्यकर्तामुखी भएकाले युवा नेता चुमान यहाँका नागरिकहरुकाे राेजाइमा परेका छन् । चुमानका बाबु हरी बहादुर चुमान यस अघि गण्डकी प्रदेश सरकारमा मन्त्री समेत रहेका थिए । सिङ्गाे परिवार नै जनताका सेवाका लागि लामाे समयदेखि राजनीतिमा रहेका छन् ।
पालिकामा अन्य पार्टीबाट पनि अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी दिनेहरु छन् भने एउटै पदमा पुन: दाेहाेर्याउनेहरु पनि रहेका छन् । काम गर्न नसक्दा पनि पद दाेहाेर्याएकाे भन्दै कतिपय नागरिकहरुले गुनासाे गरेका छन् ।






