धार्चे गाउँपालिका ४ लाप्राकमा ४७४ मतान्तरले माओवादी केन्द्रकाे प्यानल विजयी

सोमवार, जेष्ठ २, २०७९
0
317

गाेरखा । धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा माओवादी केन्द्रकाे प्यानल विजयी भएकाे छ । अध्यक्षका उम्मेदवार किसान गुरुङले ७०४ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धि राज गुरुङले २३० मत प्राप्त गरेका छन् । चार  सदस्यहरुमा मान बहादुर गुरुङ, सुदिप गुरुङ, पस माया गुरुङ, सँगिता सुनार विजयी भएका छन् । विजयी भएका वडा अध्यक्ष किसान गुरुङलाइ प्रत्यासी राज गुरुङले बधाइ दिएका छन् ।

यस अघि धार्चे तीन उहियामा वडा अध्यक्षमा नेकपा एमालेका शेर बहादुर गुरुङ सदस्य माओवादी केन्द्रबाट विजयी भएका थिए । धार्चे १ र २ मा माओवादी केन्द्रकाे प्यानल नै विजयी भएकाे छ । ७ वटा वडा रहेकाे यस पालिकामा वडा नम्बर ५ काे मतगणना भइरहेकाे छ । वडा नम्बर ६ मा माओवादी र काँग्रेसकाे गठबन्धन रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here