गाेरखा । स्थानीय तहकाे निर्वाचन २०७९ मा पालुङटार नगरपालिकाकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ। माओवादी केन्द्रबाट उम्मेदवार रहुनभएका विवस चिन्तन ६०७५ मत ल्याएर विजयी भएका छन् । उनकाे निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका प्रेम बहादुर गुरुङले ५७१७ मत प्राप्त गरेका छन् । यसैगरी यस अघि मेयर रहनुभएका नेपाली काँग्रेसबाट उम्मेदवार दिपक बाबु कँडेलले ४९९७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरी भट्टले ९४१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट बन्दना पाण्डे ५५७९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी चेत कुमारी श्रेष्ठले ५०७७ मत प्राप्त गरेकी छन् । नेकपा एमालेबाट उम्मेदवार रहनुभएकी पार्वती देवी पाठकले ४२८१ मत प्राप्त गरेकी छन् ।
२०७४ काे निर्वाचनमा पालुङटार नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र नेकपा माओवादी केन्द्र उपप्रमुखमा विजयी भएका थिए । पालुङटार पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइकाे गृहनगर हाे । उक्त पालिकामा आफ्नाे पार्टी जनता समाजवादीलाइ विजयी गराउन महिनादिन देखि घरदैलाे अभियानमा सरिक थिए ।






