भिमसेन थापा गाउँपालिकाको १० औं गाउँसभा आज हुँदै

शुक्रबार, असार १०, २०७९
0
312

गोरखाको भिमसेन थापा गाउँपालिकाले आज १० औं गाउँसभा मार्फत आफ्नो नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएको छ । गाउँपालिका सभाहलमा बिहान ११ बस्ने गाउँ सभामा नीति तथा कार्याक्रम प्रस्तुत पश्चात् बजेट समेट सार्वजनिक गरिने गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा (अक्कल) बताउँछन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक शुरक्षालाई पहिलो प्राथमिकता दिएको अध्यक्ष अक्कलले बताए । जनताको जनभावना अनुसार नै निती निमार्ण भएकाले यसको कार्यान्यवयनमा सबैको सल्लाह सुझाब तथा सहयोगको समेत अपेक्षा उनले गरेका छन् । आजै बस्ने गाउँसभामा नै बजेट पेस गरिने भिमसेन थापा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीेले जानकारी दिए ।
गाउँ सभाको प्रत्यक्ष प्रशारण हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्
https://www.facebook.com/ComradeAkkal
https://www.facebook.com/ito.bhimsenthapa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here