गाेरखामा काेराेना सङक्रमितकाे सङ्ख्या ५६ पुग्याे

सोमवार, साउन २३, २०७९
0
122

गोरखा, २३ साउन। जिल्लाको विभिन्न स्थानमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप १६ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय सङक्रमितहरुकाे सङ्ख्या ५६ पुगेकाे छ। गोरखा अस्पताल, आरुघाट, अजिरकोट र सिरानचोकमा ७६ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा सोमबार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार गोरखा अस्पतालमा ३ जना महिला र ६ जना पुरुषको परिक्षण गर्दा १ जना महिलामा र आरुघाट गाउँपालिकामा ५ जना महिला र ८ जना पुरुषमा गरिएको परिक्षणका क्रममा १ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै गरी, अजिरकोट गाउँपालिकामा ५ जना महिला र ४ जना पुरुषमा गरिएको परिक्षणमा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ भने सिरानचोक गाउँपालिकामा २३ जना महिला र २२ जना पुरुषमा गरिएको परिक्षणका क्रममा ३ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको हो ।

आज ३६ जना महिला र ४० जना पुरुषमा गरिएको परिक्षणमा ७ जना महिला र ९ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

साउन यता ३०१ जनामा गरिएकोमा एन्टिजेन परिक्षण ७८ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये आजसम्म २२ जना निको भई सकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here