गाेरखा । जिल्लाकाे बारपाक र आसपासका क्षेत्रमा भारी मात्रामा वर्षात भइरहेकाेले दराैँदी नदि र अन्य स साना नदिहरुमा आकस्मिक बाढि आउन सक्ने तथा कमजाेर भिरालाे जमिनमा पहिराे जान सक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरुलाइ सतर्कता अपनाउन माैमस विज्ञान विभागले अनुराेध गरेकाे छ ।
पछिल्लाे १ घण्टामा त्यस क्षेत्रमा ५४ मिलिमिटर बर्षात भएकाे माैसम विज्ञान विभागले जनाएकाे छ ।






