गाेरखा । जिल्लाकाे पालुङ्टार नगरपालिका वडा नं-२ का सबै विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरूको दिवाखाजामा प्राप्त रू. १५ मा प्रति विद्यार्थी रु. १० थप गरी रु. २५ पुर्याउने भएकाे छ ।
वडाध्यक्ष वडा सदस्यहरूको पदस्थापनका समयमा आर्थिक वर्ष २०७९|०८० देखि १ -५ सम्मका विद्यार्थीहरुका लागि खाजा रकम थप गर्ने निर्णय गरेकाे हाे । विद्यार्थी सँख्याका आधारमा रकम थप गरी दिने याेजना रहेकाे वडा अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।






