गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सिनाले दिए पहिलाे महिनाकाे तलव आफूले अध्ययन गरेकाे विद्यालयलाइ

बिहिबार, साउन २६, २०७९
0
159

गण्डकी गाउँपालिका । गाउँपालिका  अध्यक्ष दिपक तिमल्सिनाले अध्यक्ष भएपछि बुझेको पहिलो महिनाको पारीश्रमिक विद्यालयलाई प्रदान गरेका छन्  ।

आफुले पहिले अध्ययन गरेको गोरखाको गण्डकी गाउँपालिका ७ को ज्ञानमार्ग माविलाई उनले ३६ हजार दुई सय रुपैयाँ उपलब्ध गराएका हुन् ।

विद्यालयको शैक्षिक स्तरवृद्धी र संचालित चेपाङ छात्राबासलाई सहयोग पु¥याउने उद्देश्यले विद्यालयलाई नगद हस्तान्तरण गरेको अध्यक्ष तिमल्सिनाले बताए ।

बुधवार एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक दिलबहादुर गुरुङलाई उनले उक्त रकम उपलब्ध गराएका हुन् । अध्यक्ष तिमल्सिनाले चुनावका बेला आफुले विद्यालयमा गरेको बाचा अनुसार उक्त सहयोग गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here