मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट त्रिशुली नदीमा ट्रक खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको उक्त स्थानबाट केहि बेर अघि करिब सवा ९ बजेतिर आयसर ट्रक खसेको घटनास्थलबाट संचारकर्मी विनोद श्रेष्ठले जानकारी दिएको छ।
उनका अनुसार घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरीहरु पुगिसकेको र उद्दारको काम सुरु भैसकेको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए। ट्रक काठमाण्डौतर्फ इटा बोकेर जादै गरेको प्रहरीले अनुमान गरेको छ ।





