नेकपा (माओवादी केन्द्र) मा महासचिव देव प्रसाद गुरुङ

शुक्रबार, भदौ ३, २०७९
0
276

नेकपा (माओवादी केन्द्र) को महासचिवमा देव प्रसाद गुरुङ चयन हुने भएका छन् । आज पार्टीकाे स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बैठक सूरु भएकाे छ ।

आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादी अध्यक्ष प्रचण्ड सचिवालयले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, दिननाथ शर्मा, गणेश शाह, हरिबाेल गजुरेल, पम्फा भुसाल रहने भएका छन् ।   महासचिवमा देव प्रसाद गुरुङ रहने बताइएकाे छ । उपमहासचिवमा जनार्दन शर्मा, बर्षमान पुन, गिरिराजमणी पाेखरेल रहने भएका छन् ।

बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here