गणेश हिमालकाे नयाँ पर्यटन पदमार्गको नक्शा र पदमार्ग सम्बन्धी वृतचित्र प्रदर्शनी

आइतवार, भदौ १२, २०७९

गाेरखा । धार्चे मनास्लु पर्यटन विकास समितिले गणेश कुण्ड र गणेश हिमालसम्मको नयाँ पर्यटन पदमार्गको नक्शा र पदमार्ग पहिचानसम्बन्धी वृत्तचित्र विमोचन गरेको छ । शनिबार गोरखा जिल्लाको समग्र पर्यटन विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा समितिले गणेश कुण्ड र गणेश हिमाल नयाँ पदमार्ग, काशीगाउँको रमणीय गन्तव्य र गणेशकुण्डसम्मको वृत्तचित्र विमोचन गरेको हो ।

गोरखाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन गणेश हिमाल कुण्डसम्म पदमार्ग नक्शा बनाइएको र २५ मिनेटको वृत्तचित्रमा निर्माण गरिएको समितिका अध्यक्ष साने गुरुङले बताए ।

गोरखाको आरुघाटदेखि मान्बु, यार्सा, काशीगाउँ केरौजा, गणेशकुण्ड फेदी, कालोपोखरी, रुन्चेत, हल्चुक, गणेश हिमाल वेश क्याम्प लगायतका ठाउँहरुको प्रचार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले बताए ।