गाेरखा । तनहुँ जिल्लाकाे आँवुखैरेनी र गाेरखा जिल्लाकाे पालुङ्टार नगरपालिकाले शुक्रबार एकादशी पर्वकाे अवसरमा सार्वजनिक विदा घाेषणा गरेका छन् ।
कार्यपालिका बैठकबाट निर्णय गरी स्थानीय मठमन्दीरमा पर्व लाग्ने भएकाले विदा प्रदान गरिएकाे पालिकाले जनाएकाे छ । आँवुखैरैनी गाउँपालिकाकाे आँधिमुल क्षेत्रमा एकादशी मेला लाग्ने गर्दछ । यस क्षेत्रमा मेला भर्नका लागि धेरै टाढाबाट मानिसहरु आउने गर्दछन् ।
यसैगरी पालुङ्टारकाे चेपेघाट क्षेत्रमा मेला लाग्ने गर्दछ । यहाँ पनि मेला भर्नका लागि टाढादेखिका मानिसहरु आउने गर्दछन् ।
परम्परादेखि चल्दै आएकाे एकादशी पर्वलाइ विशेष महत्वका साथ लिइने गरिन्छ । यस पर्वका अवसरमा सबै भेला हुने भएकाले वर्षाै भेट नभएकाहरु पनि मेलामा भेट हुने गर्दछन् । सञ्चारका सुविधा नभएका समय मानिसहरुका भेटघाट हुने थलाे जात्रा लाग्ने केन्द्रहरु हुने भएकाेले मेलालाइ सञ्चारकाे केन्द्रका रुपमा पनि लिइने गरेकाे बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का स्थानीय सन्त बहादुर गुरुङ बताउँछन् ।
एकादशी मेलामा जाँदा धेरै साथीभाइहरु भेटघाट हुने गरेकाे उनकाे भनाइ छ । विशेष गरेर केटाकेटीहरु एकादशी मेला जान लालयित हुने गरेकाे पूर्व वडा अध्यक्ष समेत रहेका गुरुङ बताउँछन् । अहिले त सबै सम्पर्क छ । पहिलाकाे सूचना सम्पर्क भनेका जात्रा र मेला नै हाे, यस्ता सँस्कृतिकाे जगेर्ना गर्नपर्ने उनकाे भनाइ छ ।








