गोरखा । जिल्ला निर्वाचन कार्यालय गोरखाले निर्वाचनमा खटिएर जाने ९२ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ तालिम दिन सुरु गरेको छ । तालिमको आज पहिलो दिन १८४ जना सहभागि भएका जिल्ला निर्वाचन कार्यालय गोरखाका नायव सुब्बा रविलाल सुवेदीले बताए ।
टाढाको क्षेत्रमा खटिएर जाने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाइ पहिलो चरणमा तालिम प्रदान गरिएको हो । तालिमको प्रमुख निर्वाचन अधिकारी गोरखा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले उदघाटन गरेका छन् । तालिम कातिक २६ गते सम्म चल्ने जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले बताए ।







