तनहुँ । रमाईलो ग्याङ्ग र मार्किचोक युवा क्लबद्धारा मृगौंला पिडीत बिरामीको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
आँबुखैरेनी–३, पानीघट्टा निवासी दुबै मृगौंला फेल भएका निराजन दर्लामीको उपचारको लागि रमाईलो ग्याङ्गबाट नगद ६५ हजार ४ सय ६० रुपैंया र मार्किचोक युवा क्लबबाट नगद १० हजार रुपैंया आर्थिक सहयोग हस्तान्तरण गरेकाे हाे ।
आँबुखैरेनी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष आश बहादुर गुरुङ्गको रोहबर तथा रमाईलो ग्याङ्ग र मार्किचोक युवा क्लबका सक्रिय युवाहरुको उपस्थितीमा निराजनका बुवा मेकराज दर्लामीलाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो । साथै, आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा दुबै मृगौंला फेल भएका निराजन दर्लामीको शिघ्र स्वास्थ्यको कामना गरिएको थियो ।






