पालुङटार, गाेरखा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति र स्थिरताका लागि गठबन्धन गरेर निर्वाचनमा जानु परेको बताएका छन् ।
माओवादी र हामी सबै मिलेर सोमबार गोरखाको पालुङटारमा गठबन्धन दलका चुनावी सभामा बोल्दै नेता पौडेलले गाउँमा जुन अधिकार प्राप्त भयो आज कसरी आयो ईतिहासको विभिन्न काल खण्डमा काँग्रेस र माओवादीले महत्वपूणर् भूमिका निर्वाह गर्दै अगाडि बढेका पार्टीहरुले गर्दा यो अहिलेको परिवर्तन आएको हो ।
त्यसले गर्दा सबै नेपालीलाई एकता चाहिएको छ । देशलाई कसरी अघि बढाउने भन्ने भिजन भएका मानिस प्रचण्ड जी हुनुहुन्छ, उहाँ यहि क्षेत्रमा उम्मेदवार हुनुहुन्छ गोरखालीका लागि यो राम्रो अवसर हो पौडेलले भने ।
केपी ओलीलाई संसदमा जान कुनै नैतिकताले नदिने भएकाले एमालेलाई संसद जानबाट रोक्नुपर्ने उहाँले उनले बताए । विस्तृत शान्ति सम्झाैताकाे ड्राफ्ट आफैले गरेकाे उनकाे भनाइ थियाे ।






