प्राविधिक शिक्षाका विद्यार्थीहरु उत्पादनमा जोडिदै

मङ्लबार, कार्तिक २९, २०७९
0
328
विद्यार्थी आँचल कुमाल ।

गाेरखा । सामुदायिक विद्यालयका प्राविधिक धारमा अध्ययनरत प्रभात माध्यमिक विद्यालय भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ की आँचल कुमाल टनेल भित्र गोलभेँडा गोलमेलमा व्यस्त थिइन ।

विद्यालयले निर्माण गरेको टनेलमा कृषि तर्फको प्राविधिक अध्ययन गरिरहेका विद्यार्थीहरु काम गरीरहेका भेटिन्छन् । उनले भनिन , “सरले सैद्धान्तिक कक्षा पढानु भएपछि प्रयोगात्मक कक्षा अनिवार्य छ, यसका लागि हामी सबै साथीहरु उत्पादनमा जोडिने गरेका छौँ । विषय वस्तु र मौसम अनुसारको वाली उत्पादन गरी विद्यालय र वरपर छिमेकीहरुलाइ विक्री गर्दछौँ । यतिबेला सिर्जना जातको गोलभेँडा उत्पादन भएको छ र कन्या च्याउ भर्खरै लगाएका छौँ ” ।

शिक्षक विशाल महताराका अनुसार विद्यार्थीहरु आफ्नै सीप प्रयोग गरेर उत्पादनमाा रमाउँदा शिक्षणमा थप हौसला मिलेको बताउँछन् ।

प्राविधक शिक्षक विशाल महतारा ।

सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत २०७४ सालमा सिटिइभिटिको सम्बन्धनमा यहाँ प्राविधिक धारको कक्षा चलिरहेको विद्यालयका प्रधानाध्यापक बासुदेव सापकोटाले जानकारी दिनुभयाे । सैद्धान्तिक शिक्षालाइ व्यवहारिक प्रयोगमा ल्याउनु नै वैज्ञानिक शिक्षा भएको उनकाे भनाइ छ । अहिले विद्यालय शिक्षा पछि ३३ जनाले स्नातक तहको अध्ययन गरिरहेका विद्यालयमा रेकर्ड छ ।

विद्यार्थि विउका गुरुङ

सेमेष्टर प्रणालीमा अध्ययापन हुने यस विद्यालयमा १८ महिने जेटिए कार्यक्रम समेत सञ्चालनमा रहेको छ । ग्रामिण क्षेत्रमा स्थापना भएका प्राविधिक शिक्षण सँस्थाहरुले स्थानीय स्तरमा आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुर्याएको नेपाल शिक्षक महासँघ गोरखाका सँयोजक गोपालबाबु मरहट्टाको भनाइ छ ।

यस वर्ष जिल्लाको सरस्वती मावि बोर्लाङ र जनशक्ति मावि नामजुङले सिभिल इन्जिनियरीङ तर्फको सम्बन्धन ल्याएर कक्षा सञ्चालन गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here