१८ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश

बिहिबार, मंसिर १, २०७९
0
326

गाेरखा । गठबन्धनका उम्मेदवारलाइ सहयोग गर्ने घोषणा गर्दै युवा संघका सदस्य माओवादी केन्द्र प्रवेश गरेका छन् ।

शहीदलखन गाउँपालिकाका युवा संघका सदस्य साजन थापा मगरको नेतृत्वमा १८ जना युवाहरु बिहिवार माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

चुनाव आउन तीन दिन बाँकी छँदा नेकपा एमाले निकट युवा संघमा आवद्ध युवाहरुले पार्टी परित्याग गरेका हुन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका गठबन्धनका नेताहरुलाइ सहयोग गर्ने गरी पार्टी परित्याग गरेर माओवादी प्रवेश उनीहरुले बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य अमर तमुले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here