आज मँसिर ४, मतदान गर्ने दिन

आइतवार, मंसिर ४, २०७९
0
129
फाइल फाेटाे

गाेरखा । आज २०७९ साल मँसिर ४ गते मतदान गर्ने दिन हाे । देशैभरी एकसाथ निर्वाचन हुँदैछ । विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदान गर्नका लागि आफ्नाे मतदाता कार्ड वा नागरिकता लाइसेन्स लगायतका सरकारी छाप भएका परिचयपत्र लिएर मतदान स्थलमा जानुपर्दछ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एक मतपत्रका सात कोठाका सात चुनाव चिन्हमा स्वस्तिक छाप लगाएका मतदाताले आज हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भने फरक ढङ्गले मतदान गर्नुपर्ने छ । एक मतदाताले ४ वटा मतपत्र पाउँछन् भने उनीहरूले प्रत्येक मतपत्रमा एउटा मात्र चुनाव चिन्हमा गोप्य मतदान गर्नुपर्ने हुन्छ ।

मतदान प्रक्रियामा एक जना मतदाताले औसतमा ३ मिनेटभित्र ४ वटा मतपत्रमा मतदान सम्पन्न गर्न सक्ने निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले मनासलु डटकमलाइ बताए ।

अर्यालले भने–‘आयोगले दुई–तीन ठाउँमा गरेको नमुना मतदानका क्रममा एक जना मानिसको मात्र समय गणना गर्दा औसतमा ३ मिनेट लाग्छ । ३ मिनेटभित्र सात–आठ जना मानिस मतदान गर्नका लागि विभिन्न प्रक्रियामा सहभागी भइरहेका हुन्छन् । कोही मतदान गरिरहेको अवस्थामा अर्को व्यक्ति मतदानका लागि मतपत्र लिएर बसको हुन्छ । कोही मतदाता नामावलीमा नाम रुजु गराइरहेका हुन्छन्, कोही नङमा मसी लगाइरहेका हुन्छन् । एउटा मतपत्रका लागि औसतमा २५ देखि ३० सेकेन्डभन्दा बढी समय लाग्दैन ।’

भोलि मतदानका लागि कूल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । उनीहरूले १० हजार ८ सय मतदान स्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here