गोरखा २२, मङ्सिर । गुडिरहेको गाडीमा आगलागी भएर पुणर् रुपमा जलेर नष्ट भएको छ । बेनिघाट आरुघाट सडक खण्ड अन्तर्गत पर्ने गण्डकी गाउँपालिका-७, चुल्ठे भीरमा स्कर्पियो गाडीमा अकस्मात आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
स्कार्पियोमा रहेका यात्रुहरु भने सबै सुरक्षित रहेको प्रहरीको भनाइ छ । गाडीमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






