एसइइ परीक्षा चैत १७ गतेदेखि सुरु हुने

आइतवार, माघ १५, २०७९
0
176

काठमाडौं . राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।

बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो। तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।

सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here