देशभर हिमपातकाे सम्भावना छैन, माैसम सामान्य रहने

बिहिबार, माघ १९, २०७९
0
122

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

तराईका भू-भागहरुमा बिहानीपख लागेको हुस्सु दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here