आँवुखैरेनीमा सबैले देख्ने गरी विकास हुन्छ : मन्त्री चुमान

आइतवार, माघ २९, २०७९

तनहुँ । गण्डकी प्रदेशका भाैतिक याेजना तथा यातायात व्यवस्था मन्त्री हरी बहादुर चुमानले आँवुखैरेनीमा सबैले देख्ने गरी विकास हुने बताएका छन् ।

आँवुखैरेनी गाउँपालिका स्तरीय चाैँथाे राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता कार्यक्रम उद्घाटनकाे क्रममा रामशाह माविमा सम्बाेधन गर्दै मन्त्री चुमानले भने, ‘आँवखैरेनी गण्डकी प्रदेशकाे खेल केन्द्र बन्न सक्छ । यहाँ रङ्शाला निर्माणकाे लागि पुग्ने गरी बजेट विनियाेजन गर्ने प्रयास हुनेछ । ‘ आँवुखैरेनी गण्डकी प्रदेशकाे प्रवेश विन्दु भएकाले पनि यहाँकाे विकास नमुनाकाे रुपमा गर्न आवश्यक रहेकाे उनले बताए  । कृषि, पर्यटन, शिक्षा, खेलकुद, स्वास्थ्य सबै क्षेत्रमा आँवुखैरेनी गाउँपालिकाले आफूलाइ अब्बल सावित गर्नुकाे विकल्प नरहेकाे मन्त्री चुमानकाे भनाइ छ ।

नागरिकहरुकाे मुक्तिका लागि जनताले गरेकाे सँघर्षका उपलब्धीहरुलाइ रक्षा गर्दै प्रदेशलाइ आत्मनिर्भर बनाउन लागिरहेकाे मन्त्री चुमानले बताए ।

आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले स्वागत मन्तव्य राखेकी थिइन ।

शनिबार भएकाे खेलमा मित्रता माविले ५ स्वर्ण प्राप्त गरी प्रथम स्थानमा रहेकाे छ । दुइ स्वर्ण सहित रामशाह मावि दाेस्राे स्थानमा रहेकाे गाउँपालिका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले बताइन ।