वडा अध्यक्षकाे कुटपिटबाट सव इन्जिनियर जिसी घाइते

शनिबार, फाल्गुन १३, २०७९
0
109

पोखरा । वडाअध्यक्षले आफ्नै कर्मचारी माथी कुटपिट गरी घाइते बनाएका छन् ।  कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिकाका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले कर्मचारीमाथि हातपात गरेका हुन् ।

उनको कुटपिटबाट असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसी घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । शुक्रबार बिहान गाउँपालिकाको होमस्टे लागत तयार पार्ने विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले असिस्टेन्ट सबइन्जिनियर लक्ष्मण जिसीमाथि हातपात गरेका हुन् ।असिस्टेन्ट सब इन्जिनियर जिसीले वडाध्यक्ष गुरुङबाट असुरक्षा भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा सुरक्षा माग गर्दै उजुरी दिएका छन् । वडाध्यक्षलाई आवश्यक कारबाही गर्न पनि उनले माग गरेका छन् । ‘यो घटनाक्रम खासमा आजदेखि होइन, हिजैदेखि हो । उहाँले आफूले भने बमोजिमको भएन भनेर हात हाल्नु भएको हो,’ जिसीले भने, ‘उहाँ पहिल्यैदेखि मलाई अपशब्द प्रयोग गर्नुहुन्थ्यो, यो विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि जानकारी गराइसकेको छु ।’

वडाध्यक्ष राम गुरुङले चजे प्रदेशले अनुदानवापत दिने ल्वाङ गाउँ होमस्टेको लागत तयार पार्न पटकपटक आग्रह गर्दा पनि जिसीले तयार नपारिदिएको आरोप लगाए । शुक्रबार बिहान जिसीले ‘एग्रेसिभ’ हुँदै हेल्मेटले हान्न खोजेपछि आफूले प्रतिरक्षा गरेको दाबी गरे ।

‘उहाँ समयमै अफिस नआउने र भनेको काम पनि गर्नुहुन्न । आजै होला छिटो आएको पनि, प्राविधिकले नै भनेको काम नगरिदिएपछि गाउँको काम कसरी हुन्छ, गाली खाने मैले होइन गुरुङले भने, ‘आज बिहान पनि त्यही कुरा गर्दा एग्रसिभ हुँदै हेलमेट झिकेर हान्न लागेजस्तो लाग्यो अनि धकेलिदिएको हुँ ।’

जनप्रतिनिधिहरुलाइ लगाम लगाउने कानुन नबन्दा उनीहरुले आफूले जे गरेपनि हुन्छ भन्ने मान्यता रहँदै आएकाे छ । व्यवस्था नयाँ भएपनि जनप्रतिनिधिहरु पञ्चेकालका पञ्च भन्दा पनि धेरै नचाहिदा अधिकार लिएर समाजमा बद्नाम भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here