हिउँपहिरोमा फसेका दुइ जना नेपालीको सकुशल उद्धार

बिहिबार, चैत्र ९, २०७९
0
109

चैत ९ गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ स्थित लार्केपासमा हिउँ पहिरोमा परेका दुइजना नेपाली नागरिकहरुको सकुशल उद्धार गरिएको छ । नवलपुर कावासोती निवासी सौरभ खनाल र अनिता घलेलाई सकुशल उद्वार गरिएको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताए ।

समुन्द्र सहतबाट करीब ५ हजार १०६ मिटर अग्लो लार्के पास गर्न गएका उनीहरु हिजो दिउँसो हिमपहिरोमा परेको पर्यटक गाईड सुसन गुरुङले जानकारी दिएको सूचनाका आधारमा उनीहरुको उद्धार गरिएको हो ।

धर्मशालाबाट बिहानै हिडेका उनीहरुलाई गुरुङले हिमपहिरोमा फसेको बारेमा स्थानीय र प्रहरीमा जानकारी गराएका थिए । त्यस लगत्तै साम्दोको गुम्बाबाट गएका स्थानीयहरुको एक समूहले दुवैजनालाई सकुशल उद्वार गरे बुधबार मध्य राती धर्मशालामा फर्काउन सफल भएको थियो । प्रहरीका अनुसार खनालको स्वास्थ्यमा केही समस्या देखिएको र घले भने सकुशल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here