२४ चैत, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज गोरखा जिल्ला जिल्ला अस्पतालको स्वणर् महोत्सवमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै गोरखा अस्पतालको विकास लागि नेपाल सरकारले सहयोग गर्ने बताएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आउनुभएका प्रधानमन्त्री दाहालले भने, ‘गोरखाको शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, जलविद्युत परियोजना, गोरखकाली रवर उद्योग, पालुङटार एयरपोर्ट, कृषि करिडोरको विकास निर्माण र सेवालाइ गति दिनेछु ।’
सरकारको सय दिन उतारचढावमा रहेका कारण आफ्नो निर्वाचन क्षेत्रमा बाक्लो उपस्थिति हुन नसकेको उनले बताए। राजनीतिले एउटा स्थिरता कायम गरेका कारण अव विकासको गति अघि बढ्ने उनले बताए ।
उहाँले आज गोरखामा आइसियुको उद्घाटन गरे । कार्यक्रममा गोरखा अस्पतालको विकासमा सहयोग गर्ने पूर्व अध्यक्ष, पूर्व मेडिकल सुपरिटेन्डेन्ट, निवृत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएका, कोमामा गएका विरामी, रोगले च्यापेका विरामीको उपचारका लागि आइसीयु सेवा संचालनमा ल्याइएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट हरी कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रममा स्वणर्जयन्तीको स्तम्भ अनावरण र स्वणर् स्मारिका लोर्कापणर् समेत गरिएको थियो ।
अस्पताल २०२९ साल चैत्र महिनामा स्थापना भएको थियो । यतिबेला गोरखा अस्पतालमा डायललिस, एच्डीयु, थेरापी, स्त्री रोग, हाडजोर्नी रोग, सुरक्षित गर्भपतन, पाठेघर खसेका लगायतका लगायतका सेवाहरु उपलब्ध हुँदै आएको छ । प्रदेश सरकार मातहत रहेको गोरखा अस्पताल २०७८ चैत महिनामा नयाँ भवनबाट सेवा सुरु भएको थियो ।
कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठको अध्यक्षता र समितिका सदस्य श्रवणकुमार जोशीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम सकेर प्रधानमन्त्री दाहाल काठमाण्डौ फर्केका छन् ।






