गोरखा । जिल्लाकाे धार्चे गाउँपालिकामा आँखा शिविर सम्पन्न भएको छ । पालिकामा रहेका एक हजार ९५६ जनाको आँखा परिक्षण गरीएको हाे ।
परीक्षण गरिएका मध्ये १०७ जनाकाे मोतियाविन्दूको शल्यक्रिया गर्नुपर्ने देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका केशव गुरुङले जानकारी दिए ।
उनीहरुको अपरेशनका लागि यहि बैशाख २२ र २३ गते गाउँपालिकाको केन्द्र माछीखोलामा मोतियाविन्दु शल्यक्रिया शिविर हुने उनकाे भनाइ छ ।
यसअघि पालिका भित्रका सातवटै वडामा दुई चरणमा निशुल्क मोतियाविन्दु शिविर संचालन भइसकेको छ । जसअन्तरगत माझगाउँ सामुदायिक स्वास्थ्य इकाइ लापु गाउँमा एकसय ८ जनाको आँखा परीक्षण गर्दा ६ जनामा र भिरकुना सामुदायिक स्वास्थ्य इकाई भिरकुनामा ४८ जनाको परिक्षण गर्दा ६ जनाको मोतियाविन्दुको अप्रशेन गर्नुपर्ने देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका गुरुङले बताए ।
काशिगाउँ स्वास्थ्य चौकीमा एक सय ४४ जनाको परिक्षण गर्दा १२ जनामा, करौजा स्वास्थ्य चौकीमा दुई सय १५ जनामा परिक्षण गर्दा १२ जनामा, रुन्चेक सामुदायिक स्वास्थ्य इकाइमा तीन स य ६६ जनाको परिक्षण गर्दा १० जनामा र हुल्चुक सामुदायिक स्वास्थ्य इकाइमा ६६ जनाको परिक्षण गर्दा ५ जनाको मोतियाविन्दु अप्रेशन गर्नुपर्ने देखिएको छ।
उहिया स्वास्थ्य चौकीमा एकसय १४ जनाको परिक्षण गर्दा ८ जनामा, खोर्ला सामुदायिक स्वास्थ्य इकाईमा ७९ जनामा परीक्षण गर्दा ३ जनामा, श्री प्रभातकिरण मावि लापुवेशीमा ५६ जनामा परिक्षण गर्दा ७ जनामा र लब्सीबोट सामुदायिक स्वास्थ्य इकाईमा ७६ जनामा परिक्षण गर्दा ८ जनामा अप्रशेन गर्नुपर्ने देखिएको छ ।
गुम्दा स्वास्थ्य चौकीमा दुई सय ४ जनाको परिक्षण गर्दा ९ जनामा, पुरानो गाउँ लाप्राकमा एक सय ९८ जनामा परिक्षण गर्दा ७ जनामा, सिङ्ला सामुदायिक स्वास्थ्य इकाईमा दुई सय जना परिक्षण गर्दा ७ जनामा, श्री शिव आधारभुत विद्यालय कैरौजाबेशीमा ८२ जनाको परिक्षण गर्दा ७ जनामा मोतियाविन्दु अप्रेशन गर्नुपर्ने देखिएको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको व्यवस्थापनमा माछीखोलामा दुई दिने निशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर हुने लागेको हो ।






