तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिका भित्र रहेका ३५ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा ६६ प्रतिशत बालबालिकाहरु आदिवासी जनजातिका रहेकाे पाइएकाे छ । पालिकाले गरेकाे सर्वेक्षणबाट उक्त तथ्याङ्क आएकाे हाे । कक्षा १ देखि ८ सम्मका विद्यालयमा पालिकाले सर्वेक्षण गरेकाे थियाे ।
सँस्थागत विद्यालयमा भने ७० प्रतिशत बालबालिका ब्राह्मण क्षेत्रीकाे रहेकाे पाइएकाे छ । पालिकाले विद्यालयमा अवस्थाका बारेमा विद्यालयका प्रधानाध्यापक र अध्यक्ष भेला गरेर जानकारी दिएकाे थियाे ।






