सार्वजनिक स्थलमा राखिएका मादक पदार्थका हाेर्डिङबाेर्ड तत्काल हटाउन निर्देशन

आइतवार, बैशाख २४, २०८०
0
104

गाेरखा । सार्वजनिक स्थलमा राखिएको होर्डिङ बोर्डमा भएका मादक पदार्थको बिज्ञापन हटाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेकाे छ ।

जिल्ला  प्रशासन गाेरखाले सूचना मार्फत निर्देशन दिएको हो । ‘कुनै पनि माध्यमबाट मादक पदार्थको विज्ञापन नगर्नु / नगराउनु भन्ने सम्माननीय सर्वोच्च अदालतबाट भएको आदेशानुसार होडिङ बोर्डबाट भएका त्यस्ता विज्ञापनहरु हटाउनुहुन सम्बन्धित विज्ञापनकर्ता साथै सबै सरोकारवालाहरुमा यो सूचना जारी गरिएको छ’, सूचनामा उल्लेख छ ।

निर्देशन विपरितका मादक पदार्थसँग सम्बन्धित विज्ञापन भएका होडिङ्ग बोर्डहरु राखेमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here