गाेरखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भन्दा म ठूलाे हुँ, मेराे नियम लागु हुनुपर्दछ : शिक्षा शाखा प्रमुख खड्का

मङ्लबार, बैशाख २६, २०८०
0
259

गाेरखा । गाेरखा नगरपालिकामा वेथितिकाे शासन सञ्चालन गरिरहेका गाेरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काले आफू प्रमुख प्रशासकीय अधिकृत भन्दा पनि ठूलाे भएकाे बताएका छन् । उनले टेलिफाेन सम्पर्कमा भने,’अफिसमा विभिन्न वर्णका हाकीमहरु आउँछन् तर उहाँहरु भन्दा म सिनियर हाे , म आएपछि गाेरखा नगरपालिकामा धेरै राम्रा काम भएका छन् ‘ आफू निकट भविष्यमा सहसचिव हुने तयारीमा रहेकाे उनकाे भनाइ छ । आफू भन्दा कनिष्ठ आएपनि हाकिम मान्न बाध्य रहेकाे उनकाे भनाइ छ ।

गाेरखा नगरपालिकाका पहिलाे दर्जाका वरिष्ठ कर्मचारि खड्काकाे गतिविधिका बारेमा भने आज नगरका सात वटा वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

खड्काले निमित्त प्राप्त गरकै समय आर्थिक कार्यविधि मिचेर कर्मचारीकाे तलव बढुवा गर्ने, नियुक्ती प्रदान गर्ने गरेकाे खुलेकाे छ ।

यसैगरी शिक्षक छनाैटकाे क्रममा नियमअनुसार प्रश्नपत्र तयार नगरी सेटिङमा मिलाएकाे खुल्न आएकाे छ । प्रश्नपत्र शिक्षक सेवा आयाेगकाे पाठ्यक्रम भन्दा बाहिर रहेकाे भन्दै परिक्षार्थीहरुले पुन परीक्षाकाे माग गरेका थिए ।

यसैवीच नगरपालिकामा खड्का आएदेखि सरकारी विद्यालयमा जाने किताव माथि आर्थिक चलखेल भएकाे खुलेकाे छ । प्राय अँग्रेजी माध्यममा पढाइ हुने गाेरखा नगरपालिका भित्रका विद्यालयहरुले विल बनाउने क्रममा नेपाली माध्ममकाे बनाएर भुक्तानी लिएकाे खुलेकाे हाे । यसमा खड्का, पुस्तक व्यावसायी र विद्यालयका प्रधानाध्यापककाे मिलेमताे रहेकाे पाइएकाे हाे । अँग्रेजी भाषामा लेखिएकाे पुस्तककाे तुलनामा नेपाली भाषाकाे पुस्तक केही महङ्गाे हुनेभएकाले खड्का सहितकाे टाेलिकाे ध्यान त्यस तर्फ गएकाे हाे ।

चालु वर्षमा समेत खड्काले सरकारी  पाठ्यक्रमकाे अलवा नीजि प्रकाशनका किताव लगाउन सामुदायिक विद्यालयहरुलाइ माैखिक अनुमति प्रदान गरेका छन् । कुनै पनि विद्यालयले सरकारी पाठ्यपुस्तक बाहेक अन्य पाठ्यपुस्तक प्रयाेग गर्न चाहेमा कार्यपालिकाले निर्णय गर्नुपर्ने प्रावधान रहेकाे छ । नीजि प्रकाशनका महङ्गा पाठ्यपुस्तक विद्यालयमा अनिवार्य गर्दा कमजाेर आर्थिक अवस्था भएका बालबालिकाहरुले विद्यालय छाेड्ने दर बढ्छ जुन राज्यकाे नीति विरुद्ध हुन्छ ।

खड्काले अफिसमा सुर्ति खाएर भित्ताभरी थुक्ने गरेकाे र बेला बेला अन्य पदार्थ समेत सेवन गरी कार्यालयमा आउने गरेका उनी निकट अधिकृत स्तरका कर्मचारी बताउँछन्  । खड्काकाे नेतृत्वमा अघि लाग्दा आफूहरुकाे समेत बदनाम भएकाे उनकाे भनाइ छ ।

खड्का यस अघि बारा, नुवाकाेट लगायतका क्षेत्रमा काम गरेर आएका र साेही क्षेत्रमा गरिने व्यवहार यस क्षेत्रमा हुँदा नियम अनुसार मेल नखाएकाे कतिपयकाे बुझाइ छ ।

यस अघि खड्काले आफ्नाे नियमित काममा अवराेध गरेकाे भन्दै मेयरका स्वकीयले राजनीनामा दिनु पर्ने अन्यथा मेयरकाे समेत सरुवा गरिदिने भन्दै धम्क्याउँदै आएका थिए ।

खड्काकाे गाउँका मानिसहरुका अनुसार अव हुने स्थानीय निर्वाचनमा खड्का वडा नम्बर ९ बाट उम्मेदवार हुन चाहन्छन् । पार्टीकाे हितमा काम गर्न सके टिकट पाउने आसमा खड्काले निर्देशन अनुसार नचाहिँदाे काम गरेकाे उनीहरुकाे भनाइ छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here